काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहाइको परमादेश दिएको छ ।
बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै जनआस्थाका प्रधानसम्पादक श्रेष्ठलाई सर्वोच्चले रिहाइको परमादेश दिएको हो ।
सर्वोच्चमा भएको दुईतर्फी सुनुवाइपछि न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रिहाइको परमादेश दिएको हो । आदेश सँगै पत्रकार श्रेष्ठ रिहाई भएका छन् ।





