काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौडेलले लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई कारबाही मागको गरेकी छन् ।
आज प्रतिनिधिसभा बैठकमा उनले बाल श्रम शोषण गरेको आरोप लागेकी एमालेकी प्रदेश सांसद शर्मालाई कारबाही गनुपर्ने बताएकी छन् ।
“निकृष्ट प्रकारले बाल श्रम प्रयोग गरेको देखिन्छ । माननीयज्यू, जो कानुन बनाउनुहुन्छ,” उनले भनिन्, “कानुनले नै बालश्रमलाई निषेधित गरेको छ । कानुन बनाउने नै बालश्रम प्रयोग गर्ने रु त्यस्ता व्यक्तिलाई सरकारले कारबाही गर्नुपर्छ ।”
सोही विषयमा केही समयअघि काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले प्रदेश सांसद शर्मालाई कारबाही कहिले गर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए । सोही फेसबुक स्टाटसलाई लिएर प्रधानमन्त्री केपी ओलीले हटाउन शक्तिको दुरुपयोग गरेको आरोप लागेको थियो । उता सांसद शर्माले आफूले शोषण नगरेको बताउँदै आएकी छन् ।