९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

पत्रकार महासंघको निर्वाचनको मिति फेरि सर्‍यो



काठमाडौं । असोज ५ गते गर्ने भनिएको नेपाल पत्रकार महासंघको निर्वाचनको मिति फेरि सरेको छ । केन्द्र, प्रदेश र शाखा समितिहरूको निर्वाचनको मिति असोज १२ गतेलाई सारिएको हो ।

शुक्रबार कार्यवाहक अध्यक्ष रमेश विष्टले विज्ञप्ति जारी गर्दै असोज ५ गते गर्ने भनिएको तीनै तहको निर्वाचन अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएपछि तोकिएको मितिमा गर्न नसकिएको जनाएका छन् ।

महासंघको निर्वाचन अब आगामी असोज १२ गते हुने भएको हो । महासंघको तर्फबाट आगामी असोज १२ गते शनिबार निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन समितिलाई पत्राचार गरिएको कार्यवाहक अध्यक्ष विष्टले जानकारी गराएका छन् ।

प्रकाशित मिति : २८ भदौ २०८१, शुक्रबार  ३ : ५७ बजे