८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

संसदमा माओवादीले अवरोध नगर्ने



काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक सुचारु गर्न माओवादी केन्द्र सहमत भएको छ।

माओवादी केन्द्रले प्रतिनिधि सभाको आजको बैठक संचालन गर्न दिने सो पार्टीका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए ।

प्रतिनिधि सभाको आजको कार्यसूचीको टुंगो लगाउन सभामुख देवराज घिमिरेले बोलाउनुभएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा माओवादीले आफ्नो विषय राखेर संसदलाई सुचारु गर्न दिने सहमति गरेको छ ।

संसदको अधिवेशन अन्त्य तथा आज प्रधानम्त्रीको प्रतिनिधि सभाको बैठकमा हुने सम्बोधनलाई लिएर केहीबेर अघि कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।

माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले आफूहरु ‘हिंसा’ भन्दे शब्द हटाउनुपर्छ भन्ने पक्षमा भएपनि प्रधानमन्त्रीले विदेश जाने सन्दर्भमा संसदमा बोल्न लाग्नुभएकोले आफ्नो कुरा राखेर अबरोध हटाउने बताए । यसैगरी नेता पाण्डेले सभामुखको विरोधमा माओवादी केन्द्र नभएको पनि स्पष्ट पारे ।

प्रतिनिधि सभाको बैठक अहिले बस्दै छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन ्गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ३१ भदौ २०८१, सोमबार  १ : २३ बजे