८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

चीनमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो, ४७ बेपत्ता, खोजीकार्य जारी



काठमाडौँ । चीनको दक्षिण पश्चिमी युनान प्रान्तको एक पहाडी गाउँमा सोमबार पहिरो जाँदा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको स्थानीय अधिकारीहरूले मङ्गलबार बिहान जानकारी दिएका छन् । झाओटोङ सहरको लिआङ्शान गाउँमा सोमवार बिहान ६ बजे पहिरो खस्दा ४७ जना बेपत्ता भएका छन् ।

सोमबार राति १० बजेसम्म ११ जनाको मृत्यु भएको स्थानीय प्रकोप राहत मुख्यालयले जनाएको छ । घटनास्थलमा एक हजारभन्दा बढी उद्धारकर्मीले खोजी तथा उद्धार कार्य गरिरहेका छन् । विज्ञ समूहको प्रारम्भिक अनुसन्धानले ढलान माथिको ठाडो भीरको क्षेत्रमा खसेको कारण विपद् भएको बताइएको छ ।

भत्किएको मास लगभग सय मिटर चौडाइ, ६० मिटर उचाइ र औसत मोटाई ६ मिटर रहेको छ ।

प्रकाशित मिति : ९ माघ २०८०, मंगलबार  ११ : ०६ बजे