११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026

दसैँ मनाउन गाउँ गएका फर्किन थालेसँगै बढ्यो काठमाडौँमा चहलपहल



काठमाडौँ । दसैँ मनाउन गाउँ गएका फर्किन थालेका छन् ।

नेपालीहरूको महान् चाड वडा दसैँ मनाउन काठमाडौँ उपत्यका बाहिर गएकाहरू फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिएको छ ।

काठमाडौँको कलङ्की, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ ।

दसैँको नवमी र दशमीका दिन काठमाडौँ उपत्यकामा यातायात सुनसान जस्तै भए पनि बिस्तारै गाउँ गएकाहरू उपत्यका नै फर्किन क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ । गाउँबाट फर्किएकाहरू सडकमा सामान र बालबालिकाहरूसहित उभिएको देख्न सकिन्छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ३ : १७ बजे