८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

लामिछाने कास्की प्रहरीको हिरासतमा, भोलि मात्र अदालत हाजिर गराइने



काठमाडौँ । कास्कीको सूर्य दर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीमा राखिएको छ ।

स्वास्थ्य परीक्षण पछि लामिछानेलाई कास्की प्रहरीले आइतबार मात्र अदालतमा हाजिरी गराउने जनाएको हो । शनिवार अदालत बिदाका कारण एक दिन कास्की प्रहरीकै हिरासतमा राखिने भएको हो ।

देशका विभिन्न ठाउँमा सहकारी स्थापना गरी बचत र अन्य रकम अपचलनमा जीवी मुख्य जिम्मेवार भएको प्रहरी अनुसन्धान र संसदीय छानबिन समितिको निष्कर्ष थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  १ : ०५ बजे