३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

सरकारको एक सय दिनको फेहरिस्त भित्र दरबारमार्गको ‘नेसनल डे कन्सर्ट’ पनि समेटियो !



काठमाडौं । सरकारले आज आफ्नो एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । उपलब्धिका सूचिमा दरबारमार्गमा भएको कन्सर्ट पनि सरकारको उपलब्धिका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेसनल डे कन्सर्टुलाई उपलब्धिका रूपमा प्रस्तुत गरेका हुन् ।

“यस वर्षको संविधान दिवसमा पहिलोपटक ‘नेसनल डे कन्सर्ट’ आयोजना गरियो । जहाँ विभिन्न विधाका कलाकार नव युवाहरू र सबै पेसा र व्यवसायका युवाहरूले भेला भई खुसी साट्ने मौका पाए,” ओलीले भने, “यसरी हामीले संविधान दिवसलाई राष्ट्रिय उत्सवको रूपमा परिणत गर्‍यो ।”

उनले विगतमा राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय भए पनि औपचारिकतामा सीमित हुने गरेको बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ४ : २० बजे