९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

जलवायुजन्य असर न्यूनीकरण गर्न प्रकृति बचाऔँ : अध्यक्ष मगर



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न प्रकृति संरक्षण गर्नुपर्ने बताएका छन् । शनिबार ललितपुरमा नेपाल मधुमेही समाजको २८औँ साधारणसभामा उनले यस्तो बताएका हुन् ।

पछिल्लो समय जलवायु परिवर्तनका कारण स्वच्छ वातावरण बिग्रँदै गएको उनले उल्लेख गरे । उनले स्वच्छ वातावरण बिग्रँदै जाँदा मानिसको स्वास्थ्यमा समेत विभिन्न किसिमका रोक लाग्ने गरेको बताए ।

स्वास्थ्यमा सबै मानिसको पहुँच पु¥याउन आवश्यक रहेकामा उनले जोड दिए । स्वच्छ वातावरण नभए मानिसको जीवन स्वस्थ हुन नसक्ने उनले बताए ।

अध्यक्ष मगरले समयमै स्वास्थ्यमा ध्यान दिन सके मधुमेह रोग मानिसले नियन्त्रणमा राख्न सक्ने उल्लेख गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ६ : २९ बजे