१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

आज केही स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना



काठमाडौँ । देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै छ । कोशी प्रदेशलगायत देशको पहाडी भू(भागमा आंशिक बदली रही कोशी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

साथै यी प्रदेशका पहाडी भू(भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

आज राति देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू(भागका एकरदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ११ : ३६ बजे