८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

रुपन्देहीमा बयान सकिएपछि रास्पवा सभापति रवि लामिछानेलाई फेरि कास्की लगियो



रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीबाट कास्की लगिएको छ ।
बुटवलको सुप्रिम वचत तथा ऋण सहकारीको बचत रकम अपचलन प्रकरणमा संगठित अपराधको अभियोगमा बयानका लागि रूपन्देही ल्याइएका लामिछानेको बयान सकिएपछि आज कास्की लगिएको हो।
बिहान पौने ८ बजे नै कास्की लगिने तयारी भएपनि मौसम खराबीका कारण बिमानस्थल खुल्न नसक्दा दिउँसो पौने २ बजेमात्र पोखरातर्फ विमानबाट लगिएको रूपन्देही प्रहरीले जनाएको छ।
गत मंगलबार कास्कीको पोखराबाट रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले मंगलबारदेखि नै नियमित बयान लिइरहेको थियो ।
बुटवलको सुप्रिम सहकारीबाट लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  ३ : ०७ बजे