काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गएको शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँ कायम थियो ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





