८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

सुनचाँदीको मूल्यमा लगातार दोस्रो दिनमा पनि बृद्धि



काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार दोस्रो दिनमा पनि बृद्धि भएको छ । सुनको मूल्य आज तोलामा एकसय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यसदिस चाँदी तोलामा २० रुपैयाँ बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  १२ : २८ बजे