८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो रूपमा चलाउने विषयमा छलफलमा छौ : मन्त्री पाण्डे



रुपन्देही । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलाई नियमित रूपमा सञ्चालन गर्ने विषयमा आवश्यक पहलहरू भइरहेको बताएका छन् ।
सञ्चालनमा आएको साढे दुई वर्ष पछि नियमित अन्तर्राष्ट्रिय उडान गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलाई दिगो रूपमा सञ्चालन गर्ने विषयमा अन्तर मन्त्रालय समन्वयका लागि आवश्यक पहल भइरहेको समेत बताए ।

विमानस्थलमा आयोजित कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेले विमानस्थल दिगो सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा संरचना निर्माण गर्ने विषयमा सरकार गंभिर रहेको उल्लेख गरे ।

मन्त्री पाण्डेले श्रम रोजगारका लागि जाने श्रमिकहरूलाई काठमाडौँ नगई भैरहवाबाट सबै काम पुरा गरेर गन्तव्यमा पुर्‍याउनका लागि आवश्यक पर्ने सबै काम यहीबाट हुने गरी सुरु गर्नु पर्ने बताए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  १२ : ३८ बजे