८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

यसरी जन्मिएको थियो नेपाली कांग्रेस



काठमाडौँ । नेपाली कांग्रेस नेपालका पुरानो राजनीतिक दल र अहिलेको सबैभन्दा ठुलो दल हो । आज स्थापनको७८औँ पुगेको अबसरका कांग्रेसले विभिन्न कार्यक्रमका आयोजना गरेको छ । पार्टीको प्रथम महाधिबेशन गरेको मिती माघ १२ र १३ गतेलाई आधार मानेर स्थापना दिवस मनाउँने गरेको छ । यद्यपी २००३ सालमा असोजमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नामक संस्थाको बनारसमा स्थापना भएको थियो।
यसरी जन्मिएको थियो नेपाली कांग्रेस
विश्वेश्वरप्रसाद कोइरालाले २००३ असोज १६ मा पटनाबाट प्रकाशित हुने द सर्च लाईट पत्रिका मार्फत भारतमा रहेका नेपालीहरूलाई सङ्गठित गर्ने उद्देश्यले नेपालीहरूको अखिल भारतीय सङ्गठन निर्माणका निम्ति गरेको आहृवानबाट यसको जन्मको भएको हो ।
भारतीय स्वतन्त्रता सङ्ग्रामका योद्धा समेत रहेका विश्वेश्वरप्रसाद कोइरालाको सक्रियतामा कार्तिक १५, २००३ मा बनारसमा बस्ने नेपालीहरूलाई सङ्गठित गरी कृष्ण प्रसाद कोइरालाका समकालिन देवि प्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेस नामक संस्थाको बनारसमा स्थापना भएको हो । संगठनलाई औपचारिकता दिन प्रथम महाधिवेशन( ९वि।सं।२००३ माघ १२ र १३ भएको हो ।

सङ्गठनको रूपरेखा सिद्धान्त र कार्य प्रणालीको निश्चय गर्न वि।सं। २००३ माघ १२ र १३ गते विषेश गरी प्रवासी जुजारू नेपालीहरू तथा नेपालको कारागार तोडेर आएका गणेशमान सिंह लगागत नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका नेपाली प्रतिनिधिहरूको सहभागिता भएको यस समारोहमा विश्वेश्वरप्रसाद कोइरालाले सभापतित्व र डा। डिल्लीरमण रेग्मीले झण्डोत्तोलन गरेका थिए। भारतको कलकत्ताको भवानीपुर स्थित खालसा हाईस्कूलमा भएको प्रथम महाधिवेशनले यसको नाम परिवर्तन गरी नेपाली राष्ट्रिय कांग्रेस राखेको थियो।

भारतका तत्कालिन राष्ट्रपति आचार्य जे।वि। कृपालानी लगायत दर्जनौ भारतीय नेताहरूले शुभकामना सन्देश दिएको यस अधिवेशनले ३३ वर्ष युवा वी.पी. कोइरालालाई कार्यकारी सभापतिमा र नेपाल कारागारमा आजन्म कैद को सजाय भोगेका टङ्कप्रसाद आचार्यलाई मानार्थ सभापतिमा चयन गरेको थियो।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १ : ५३ बजे