काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आइतबार पुनः कास्की जिल्ला अदालतमा पेस गरिएको छ । सहकारी संस्थाको रकम अपचलन, किर्ते, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका निम्ति छैटौँपटक म्याद थप गर्न उनलाई अदालतमा पेस गरिएको हो ।
उनीमाथि अनुसन्धानका निम्ति पछिल्लोपटक यही मंसिर ९ गते १५ दिनको म्याद थपिएको थियो । त्यो अवधि आज सकिँदै छ । यस अघि मंगलबार चितवन समेत लगेर बयान लिइएको थियो । यता बिहिबार रातारात लामिछानेलाई पोखरा ल्याएको भन्दै रास्वपाले आपत्ति जनाएको छ । रास्वपाले यो कार्यलाई सरकारद्वारा राज्य संयन्त्रको दुरुपयोग गर्दै लामिछानेलाई यातना दिने अमानवीय र अपमानजनक कदम भएको आरोप लगाएको छ ।