७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

फ्रान्समा नयाँ प्रधानमन्त्री नियुक्त



काठमाडौं । फ्रान्सको नयाँ प्रधानमन्त्री फ्रास्वाँ बायरो बनेका छन्। राष्ट्रपति इम्यानुअल म्याक्रोनले आफ्ना विश्वासपात्र बायरोलाई नयाँ राष्ट्रपति चयन गरेका हुन् ।

मध्यपन्थी उदारवादी विचार राख्ने बायरो केही समयअघि फ्रान्सका शिक्षामन्त्री हुनुहुन्थ्यो । फ्रान्समा राजनीतिक तनाव बढ्दै जाँदा प्रधानमन्त्री फेरिइरहेका छन् ।

यसैबीच बायरो अस्थिरताको क्रममा आउनु भएका चौथो प्रधानमन्त्री हुन् । यस अघिका प्रधानमन्त्री मिशेल बार्नियर अघिल्लो साता राजीनामा दिन बाध्य भएका थिए ।

फ्रान्सको राजनीति नजिकबाट बुझ्नु भएका ७३ वर्षीय बायरोले मेयरका रुपमा पनि जिम्मेवारी निर्वाह गरेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ३ : ४४ बजे