२ असार २०८३, मंगलबार | Tue Jun 16 2026

त्रिविका आठ संकायमा डीन नियुक्त



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आठ संकायमा डीन नियुक्त भएका छन्। त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदको शनिबार बसेको बैठकले विभिन्न ८ संकायमा डीन र तीन निर्देशनकहरू नियुक्त गरेको हो।

मानविकी तथा सामाजिकशास्त्र संकायमा प्राध्यापक डा। दुबिनन्द ढकाल, चिकित्साशास्त्र अध्ययन संस्थानमा प्राध्यापक डा। मोहनराज शर्मा, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानमा डा। किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्राध्यापक डा। बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा। ठाकुर सिलवाल , इन्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापक डा। सुशीलबहादुर बज्राचार्य र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्राध्यापक डा। शंकर खनाल नियुक्त भएका छन्।

त्यस्तै डा। लक्ष्मीकान्त शर्मालाई योजना निर्देशनालयका निर्देशक, डा। राजेन्द्र कुँवरलाई शिक्षा, विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक र प्राध्यापक डा. मिनाराज भण्डारीलाई व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक नियुक्त गरिएको परिषदका एक सदस्यले जानकारी दिए।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  २ : ४० बजे