७ पुस २०८१, आइतबार | Sun Dec 22 2024

जनताको अपेक्षा अनुसार काम भएको छैन, प्रधानमन्त्रीको ध्यान जाओस् : महामन्त्री थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले जनताको अपेक्षा अनुसार वर्तमान सरकार चल्न नसकेको बताएका छन् ।

आज कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोह सहभागी भएका थापाले सरकारको गठनको उद्देश्यअनुसारको काम हुन नसकेको बताएका हुन् ।

महामन्त्री थापाले सरकारको फेरबदल अहिले नहुने तर सरकारले अहिले गर्न नसकेका कामबारे प्रधानमन्त्री सचेत रहनुपर्नेमा जोड दिए ।

त्यस्तै उनले पार्टीभित्र विश्वेश्वरप्रसाद कोइराला को नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन् । उनले बीपीका कुराहरु रेफरेन्सका रुपमा प्रयोग गर्न अध्ययन गरेर बोल्न सुझाव दिए । उनले भने, ”हाम्रो पार्टीभित्र जसलाई जे कुरा भन्नुपरेता पनि कसैलाई आफूलाई मन लागेको कुरा भन्नुपर्‍यो भने कहाँ गएर खोज्ने भने बीपीले यस्तो भन्नुभएको थियो भन्ने । बीपीले आएर मैले यस्तो भनेको होइन भन्नुहुन्न । बीपीले यस्तो भनिदिएको थियो भनेर भनिदिने । त्यसो गरेपछाडि सजिलोसँग उम्किने बाटो हुने । नेपाली कांग्रेस पार्टीमा म पछिल्लो समय हेर्छु । हाम्रो पार्टीभित्र कयौँ विषयहरु छन् । मन नपर्ला, कसैलाई संघीयता मन नपर्ला, कसैलाई संविधान मन नपर्ला । कसैलाई के मन नपर्ला, उनले भने, यो त प्रोग्रामका कुराहरु हुन् । “

प्रकाशित मिति : ५ पुस २०८१, शुक्रबार  ६ : ५९ बजे