काठमाडौँ । नेपाल ओलम्पिक किमिटको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
एक अध्यक्षपदको लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठसहित महासचिव निलेन्द्रराज श्रेष्ठ र ह्यान्डबलमा अध्यक्ष तेज गुरुङले उम्मेदवारी दिएका छन् । शनिबार हुने निर्वाचनका लागि उम्मेदवारहरुले सोमबार रातिसम्म अनलाइनमार्फत म्मेदवारी दार्ता गराएका हुन् ।
यस्तै सात उपाध्यक्षका लागि वर्तमान उपाध्यक्ष एवं टेनिस सङ्घकी अध्यक्ष ज्योती राणासहित नौजनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा उम्मेदवारी दिनेमा पौडीका अशोकरत्न बज्राचार्य, टेबलटेनिसका चतुरानन्द बैद्य, तेक्वान्दोका प्रकाशसम्शेर राणा, हक्कीका अनिल शर्मा, कबड्डीकी तुलशा थापा, जुडोका दीपकहर्ष बज्राचार्य, सुटिङका पुश्पदाश श्रेष्ठ र साइक्लिङका गोपाल सुन्दरलाल कशापती छन्।
यस्तै महासचिवमा नेपाल र्याफ्टिङ एनड क्यानोइङ सङ्घका अध्यक्ष राजीव श्रेष्ठ निर्विरोध निवार्चित भए । सह(महासचिवमा ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, कोषाध्यक्षमा गल्फका टासी घले, तीन सचिवमा आर्चरीका रमेश सिवाकोटी, बास्केटबलका भिमसिंह गुरुङ र भारोत्तोलनका रामकृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित भए ।
यस्तै सदस्यहरुमा जिम्न्यास्टिककी गिता राणा, फुटबलका मनिष जोशी, उसुका लाक्पा शेर्पा, भलिबलका जितेन्द्रबहादुर चन्द र बक्सिङका राम अवाले निर्विरोध चयन भएका छन् । ओलम्पिक कमिटिमा नेपालका २७ वटा राष्ट्रिय खेल सङ्घलाई मताधिकार रहेको छ ।