३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026

कांग्रेसको आर्थिक नीति तथा योजना विभागमा १०सदस्य मनोनयन



काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति तथा योजना विभागको सदस्यमा १० जनालाई मनोनयन गरेको छ ।

पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेल प्रमुख रहेको पार्टीको आर्थिक नीति तथा योजना विभागमा सदस्य थप गरेका हुन् । ।

सभापति देउवाले प्रा. विनय कुसियत, प्राडा रश्मी राजभण्डारी, डा. सुदन ओली, डा ईशा घर्ती, डा. रेवतबहादुर कार्की, डा. प्रताप छत्कुली, डा. राजेन्द्रवीर चन्द, अमरबहादुर रोकाय, राजकुमार त्रिपाठी र होमप्रसाद घिमिरे ९ललितपुर०लाई सदस्यमा मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्वास्थ्य विभागमा १० सदस्य मनोनयन

यसैगरी, सभापति देउवाले पार्टीका केन्द्रीय सदस्य डा। चन्द्रमोहन यादव प्रमुख रहेको नेपाली कांग्रेस स्वास्थ्य विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् ।

डा. लक्ष्मीराज पाठक, डा. मुक्तिराम श्रेष्ठ, डा. अनिलकुमार झा, डा.सुमन कर्माचार्य, डा. सुशीलनाथ प्याकुरेल, श्यामचन्द्र यादव, ईश्वर कार्की, विष्णुप्रसाद भट्टराई, पूजा फुयाल र वुधिसरा सुनुवारलाई मनोनयन भएका छन् ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहिबार  २ : ३७ बजे