काठमाडौं । श्रीलङ्काका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ सम्पन्न गर्न संसदीय सुनुवाइ समितिको कार्यविधि सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित भएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले श्रीलङ्काका लागि प्रस्तावित राजदूत नेपालीको संसदीय सुनुवाइ सम्पन्न गर्न संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरेको हो ।
बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले श्रीलङ्काका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्नेलगायतका कार्य गरी सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने विषयक सम्बन्धमा संसदीय सुनुवाइ समितिको कार्यविधि बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गर्न समितिसमक्ष प्रस्ताव राखेकी हुन् ।
प्रस्तावलाई समितिका बहुमत सदस्यले सर्वसम्मतले पारित गरेका हुन् । मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ का नेपालीलाई श्रीलङ्काका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।
उनले भनिन्, ‘‘श्रीलङ्काका लागि नेपाली राजदूत पदमा प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्नेलगायतका कार्य गरी सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने सम्बन्धमा संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिदिनुहुन अनुरोध छ ।’’ समितिको अर्को बैठक पुस १४ गते १ बजे बस्ने गरी बोलाइएको छ ।