९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

घट्यो सुनचाँदीको मूल्य



काठमाडौ। नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन तोलामा पाँच सय रुपियाँले घटेर एक लाख ५० हजार दुई सय रुयियाँमा कारोबार भइरहेको जनाएको छ ।

यसअघि शुक्रबार सुन तोलामा एक लाख ५० हजार सात सय रुपियाँमा बारोबार भएको थियो ।

यस्तै, आइतबार चाँदी तोलामा २५ रुपियाँले घटेको छ । आज चाँदी तोलामा एक हजार ७९० रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

यसअघि शुक्रबार चाँदीको मूल्य तोलामा एक हजार ८१५ रुपियाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १ : ०७ बजे