२१ पुस २०८१, आइतबार | Sun Jan 5 2025

यो वर्ष झन्डै साढे ११ लाख पर्यटक नेपाल भित्रिए



काठमाडौं । यो वर्ष सन् २०२४ मा ११ लाख ४० हजार जनाभन्दा धेरै पर्यटकले नेपाल भ्रमण गरेका छन् । आजसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना पर्यटक नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ ।

दैनिक सरदर तीन हजार जना पर्यटक भ्रमणमा आएका छन् भने अघिल्लो वर्ष सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा धेरैले पर्यटक आगमन बढेको जानकारी दिए ।

सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीपछि अधिक पर्यटकले नेपाल भ्रमण गरेको यो पहिलो वर्ष हो । सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प थियो ।

राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (यूएनडब्लुटीओ) को पछिल्लो ६ महिनाको तथ्याङ्कानुसार कोभिड–१९ पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको छ ।

प्रकाशित मिति : १६ पुस २०८१, मंगलबार  १२ : ५१ बजे