२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

लहान शाखामा कर्जा असुली तथा लिलामी सम्बन्धी भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै कृषि बिकास बैंकको आपत्ति (विज्ञप्तिसहित)



काठमाडौँ । विभिन्न संचार माध्यमहरुमा लहान शाखामा कर्जा असुली तथा लिलामी सम्बन्धी भ्रमपूर्ण समाचार प्रकाशित गरेको भन्दै कृषि बिकास बैंकले आपत्ति जनाएको छ।

बैंकले विभिन्न सञ्चार माध्यमहरूले सत्य, तथ्य भन्दा बाहिर गएर भ्रमर्णपूर्ण समाचार छापेको भन्दै बिहीबार प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएको हो। बैंकका कर्मचारीलाई दुब्यवहार गर्ने, दैनिक कार्यसञ्चालनमा अवरोध सिर्जना हुने गरी तालबन्दी गर्ने, भिड जम्मा गरी हुलदङगा गर्ने कार्यप्रति बैंकले खेद समेत प्रकट गरेको छ । प्रेस विज्ञप्तिमा भनिएको छ,”ॠणी लहान नगरपालिका वडा नं २ बस्ने रामचन्द्र यादवले बैंकले बिद्यमान कानूनी प्रक्रिया एवं प्रचलित बैंकिङ अभ्यासको पूर्ण अवलम्बन गरी सम्पन्न गरेको धितो लिलामी प्रक्रियामा असहमी जनाई गरिएका अवान्छित गतिबिधिप्रति घोर आपत्ति सहित खेद प्रकट गर्दछौ । “
बैंकले कर्जा ग्राहक यादबले भुक्तानी गर्नुपर्ने साँवा ब्याज तोकिएको समयमा भुक्तानी नगरेको र पटक पटक भुक्तानीको लागि ताकेता गर्दापनि कर्जा साफ नगरेकोले कर्जा असुलीको प्रक्रिया चालेको दाबी गरेको छ ।
त्यस्तै बैँकले लिलामी प्रक्रियामा चित्त नबुझेमा कर्जा ग्राहक नियमअनुसार कानुनी प्रक्रियामा अपनाउन यादबलाई आग्रह समेत गरेको छ । बैंकले भनेको छ, “बैंकले गरिएको लिलाम प्रक्रियामा चित्त नबुझेमा कर्जा नियमानुसार कानुनी प्रक्रियामा जानसक्ने अवस्था हुँदा हुँदै बैँक जस्तो सम्वेदनशील संस्थाको सेवा नै अवरुद्ध हुने गरी बाधा ब्यवधान सिर्जना गर्नु कदापी उचित नहुने ब्यहोरा सम्बन्धित सबैमा अनुरोध गर्दै बैंक जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने संस्थाको सेवा निर्वाध रुपमा सञ्चालन हुने वातावरण निमार्णका लागि सबैमा अनुरोध छ ।”
हेर्नुहोस् बैंकले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ७ : १२ बजे