२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

रवि लामिछाने काठमाडौं अदालतमा पर्सि मात्र हाजिर हुने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा हाजिर नहुने भएका छन् । लामिछाने आज काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने बताएपनि आइतबार मात्र जाने बताइएको छ । लामिछानेलाई कास्की जिल्ला अदालतले बिहीबार ९हिजो० धरौटीमा छाड्ने आदेश गरेको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेसित ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । धरौटी रकम बुझाएर लामिछाने बिहीबार नै थुनामुक्त भइसकेका छन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  १२ : ४१ बजे