काठमाडौं । स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ५४ हजार १०० रुपैयाँ कायम छ । बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ५३ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।