२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

लीला पछाई पनि धरौटी बुझाएर रिहा



पोखरा । सूर्यदर्शन सहकारी प्रकरणका आरोपी लीला पछाई पनि धरौटी बुझाएर आज रिहा भएकी छन् ।

बिहीबार जिल्ला अदालतले धरौटीमा रिहा गर्न भनेता पनि धरौटी रकम जम्मा गर्न नसकेपछि कारागार चलान भएकी थिइन् । न्यायधीश नीतिज राईको इजलासले पछाईसहित सात प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर, पछाईबाहेकका प्रतिवादी भने बिहीबार नै रिहा भए ।

३७ लाख धरौटी माग गरिएकी पछाई भने शुक्रबार मात्रै रिहा भएकी हुन् ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ९ : ०२ बजे