२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

रवि लामिछानेको थुनछेक बहस जारी, आजै आदेश आउन सक्ने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा आइतबार नै बयान सकिएपछि थुनछेक बहसका निम्ति उनलाई प्रहरीले सोमबार काठमाडौं अदालतमा उपस्थित गराएको हो ।

लामिछानेलाई अदालतमा उपस्थित गराइएसँगै थुनछेक बहस समेत सुरु भएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । उक्त सहकारीबाट अपचलन भएको रकमसहित एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते धरौटीमा रिहा भएका थिए ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ११ : ४० बजे