१४ असार २०८३, आइतबार | Mon Jun 29 2026

बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने ठाउँ पाएपनि राष्ट्र बैंकले फेरि ४० अर्ब रूपैयाँ उठाउदै



काठमाडौँ । बैङ्कहरूमा लगानीयोग्य रकम थुप्रिएपछि नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाबाट पुसमा मात्रै पटक पटक गरेर चार खर्ब ८० अर्ब रुपियाँ खिचेको छ । बजारमा अधिक तरलता हुँदा राष्ट्र बैङ्कले छोटो समयका लागि बोलकबोलमार्फत ती संस्थाबाट निक्षेप सङ्कलन गर्छ । बजारमा तरलता कम हुँदा भने राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई त्यसै गरी रकम पठाउँछ । गत आइतबार राष्ट्र बैंकले ४० अर्ब राख्न खोजेकोमा बैंकहरूले ४७ अर्बको प्रस्ताव गरेका थिए। उनीहरूले प्रस्ताव गरेको औसत ब्याजदर २.८९ प्रतिशत छ।

बुधबार राष्ट्र बैंकले फेरि ४० अर्ब रूपैयाँ उठाउन लागेको छ।

तरलता थुप्रिन थालेपछि बैङ्कले निक्षेप सङ्कलनमा दिने ब्याजदर मात्र घटाएका छैनन्, कर्जा पनि सस्तोमै बिक्री गरिरहेका छन् । पुसमा बैङ्कको आधारदर सात प्रतिशत औसतमा रह्यो । कतिपय बैङ्कले छ प्रतिशत आसपासमै पनि कर्जा उपलब्ध गराए ।

कम ब्याजदरमा कर्जा उपलब्ध गराउँदा पनि माग नबढेपछि थुप्रिएको रकमलाई राष्ट्र बैङ्कले खिचेको हो । जसलाई कर्जा निक्षेप अनुपात ९सिडी रेसिओ० ले पनि पुष्टि गर्छ । राष्ट्र बैङ्कका अनुसार अहिले सिडी रेसियो करिब ७९ प्रतिशत छ । अर्थात् बैङ्क तथा वित्तीय संस्थामा जम्मा भएको कुल निक्षेपमध्ये केबल ७९ प्रतिशत मात्र कर्जाका रूपमा गएको छ । बाँकी २१ प्रतिशत त्यसै थुप्रिएको छ । अहिले बैङ्क तथा वित्तीय संस्थामा गरेर कुल ६६ खर्ब ७३ अर्ब रुपियाँ निक्षेप कायम छ । १३ खर्ब २४ अर्ब रुपियाँ प्रयोगविहीन छ । यद्यपि यस्तो अनुपात ९० प्रतिशतभन्दा माथि लैजान राष्ट्र बैङ्कले बन्देज लगाएको छ । त्यस हिसाबले बैङ्कसँग साढे छ खर्ब रुपियाँ उपयोगविहीन छ ।

राष्ट्र बैङ्ककै तथ्याङ्क अनुसार कात्तिकसम्म २२ खर्ब ७३ अर्ब रुपियाँ बराबर विदेशी मुद्रा सञ्चित छ, जुन अहिलेसम्मकै सबैभन्दा उच्च हो । यस्तो सञ्चितिले करिब १५ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने अनुमान छ । नेपाल भित्रिने विपे्रषण पनि विगतको तुलनामा बढेर मासिक औसत एक खर्ब ३० अर्ब रुपियाँ पुगेको छ ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १२ : ४२ बजे