३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

त्रिपाठीमाथिको आक्रमण निन्दनीयः काँग्रेस



काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको नेपाली काँग्रेसले निन्दा गरेको छ ।

त्रिपाठीमाथि बुधबार स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहसका क्रममा बचतकर्ताका तर्फबाट बहस गरेर बाहिरिने क्रममा काठमाण्डू जिल्ला अदालतबाहिर आक्रमण भएको थियो ।

त्रिपाठीेले आफूमाथिको आक्रमणमा रास्वपा कार्यकर्ता संलग्न रहेको आरोप लगाएका छन् । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन ।

उनले उक्त घटनामा संलग्नहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । विज्ञप्तिमा यस्ता अराजकता र अबाञ्छित गतिविधि कांग्रेसलाई स्वीकार्य नहुने उल्लेख छ । घटनामा संम्लग्नमाथि कारबाही गर्न कांग्रेसले सरकारसँग माग समेत गरेको छ ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  ११ : ०३ बजे