९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुनको मूल्य तोलामा ८ सयले घट्यो



काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  १२ : ०५ बजे