७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025

कृषि विकास बैंकले सोमबार भब्य रुपमा ५८औँ बार्षिकोत्सव मनाउँदै,प्रभातफेरी कार्यक्रम सकियो



काठमाडौं । कृषि विकास बैंक लिमिटेडको ५८औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरताको लागि जनचेतना भन्ने नाराको साथ प्रभातफेरी गरिएको हो ।

मानव जीवनको अपरिहार्यता–वित्तीय साक्षरताको अनिवार्यता, आधिकारिक संस्थाबाट मात्र विप्रेषण कारोबार गरौं, सदैब सचेत रहौं–वित्तीय अपराधबाट बचौं जस्ता प्लेकार्ड र ब्यानर सहित सहभागी कर्मचारीहरु मुख्य कार्यालय रामशाहपथ देखि सुनधारा– रत्नपार्क– भद्रकाली हुँदै पूनः रामशाहपथ स्थित मुख्य कार्यालय आई कार्यक्रम समापन गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत र उपमहाप्रबन्धकहरु सहित करीब २०० जनाले सहभागिता जनाएका थिए ।

बार्षिकोत्सवको अवसरमा बैंकले कृषि विकास बैंक बार्षिकोत्सवका साताब्यापी कार्यक्रम सम्पन्न गरिसकेको छ । एडीबीएल कर्पोरेट फुटसल २०८१ को उपाधी कृषि बिकास र एनआईएमबिले जितेको छ । त्यस्तै शुक्रबार बैंकको मुख्य कार्यालय रामशाहपथमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । कृषि विकास बैंकले सोमबार भब्य रुपमा ५८औँ बार्षिकोत्सव मनाउँदैछ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  १२ : ४६ बजे