२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कांग्रेस संसदीय दलको बैठक माघ १३ गते बस्ने, यी हुन् एजेण्डा



काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको हो ।
सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । त्यस्तै बैठकमा अध्यादेशको बिषयमा समेत छलफल हुने बताइएको छ । संसद छलेर अध्यादेश ल्याएको भन्दै बिपक्षी दलले चर्को आलोचना गरेपछि कांग्रेस र एमालेले त्यसको बचाउ गर्ने अवस्थामा छन् । एमालेले अध्यादेश बचाउको लागि आफ्ना सांसदहरुलाई पशिक्षण समेत दिइसकेको छ । कांग्रेसले बैठकमा संसदमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा समेत रणनीति बनाउने बुझिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ११ बजे