२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कांग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दै छ ।

बैठक दिउँसो २ बजेका लागि संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको हो ।

आजको बैठकमा सरकारले ल्याएको अध्यादेश, संविधान संशोधनलगायत विषयमा छलफल हुने बताइएको छ । माघ १८ गते संसद बैठक बस्दैछ । बैठकमा सांसदहरु कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  १० : ५० बजे