काठमाडौं । आवासिय चिकित्सकहरुले निर्वाहा भत्ता बिषयलाई लिएर आन्दोलन गर्न भएका छन् । चिकित्सा शिक्षा आयोगको निर्णयलाई लिएर चिकित्सकहरू आन्दोलित भएका हुन् । निजी कलेजमा स्नातकोत्तर अध्ययनरत चिकित्सकहरूको पारिश्रमिकबारे आयोगको पछिल्लो निर्णयलाई लिएर उनीहरू विरोधमा उत्रिएका हुन् ।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले मंगलबार विज्ञप्ति जारी गर्दै २४ घण्टाभित्र निर्णय नसच्चिए अत्यावश्यकबाहेक सबै सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।
सोमबार बसेको आयोगको बैठकले निजी मेडिकल कलेजमा स्नातकोत्तर अध्ययन गर्ने आवसीय चिकित्सकको निर्वाह भत्ताबारे निर्णय गरेको थियो । निर्णयअनुसार, पारिश्रमिक कम्तीमा पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार उपलब्ध गराउनुपर्ने उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छात्रवृत्ति निर्देशिका अनुसार, निर्देशिका प्रदान गर्ने र निःशुल्क अध्ययन गर्न चाहे विद्यार्थीलाई अध्ययनपछि दुई वर्ष सोही शिक्षण संस्थामा कबु्लियत गरी सेवा गर्नुपर्ने उल्लेख छ ।
यी दुवै निर्णय आफूहरूलाई अस्वीकार्य भएको संघर्ष समितिले जनाएको छ । स्वास्थ्य र शिक्षा दुवै मन्त्रीका तर्फबाट पारिश्रमिकबारे गरिएको सिफारिसले सबै नेपाली चिकित्सकहरूको अपमान भएको समितिको ठहर छ ।
स्नातकोत्तर ९पीजी० कार्यक्रम पूर्णरूपमा निःशुल्क गर्न र पीजीका आवासीय चिकित्सकको निर्वह पारिश्रमिक न्यूनतम सरकारीसरह कायम गर्न उनीहरूको माग छ ।
यी हुन् चिकित्सकका मागहरु







