२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कांग्रेस संसदीय दलको बैठक जारी



काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार बिहान संसद् भवनस्थित ल्होत्से हलमा बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरुले सांसदका प्रश्नको जवाफ दिने, संसदमा कसरी प्रस्तुत हुने भन्नेबारेमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ ।

आजबाट संसद्को हिउँदे अधिवेशन बोलाइएको छ । जसमा सरकारका काम कारबाहीबारे एकमत भएर आफ्ना आवाज उठाउने बारेमा पनि प्रशिक्षण दिइनेछ ।

प्रकाशित मिति : १८ माघ २०८१, शुक्रबार  ११ : ०७ बजे