२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अमेरिकाले लगायो चिनियाँ सामानमा १० प्रतिशत कर



अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

पछिल्लो अमेरिकी व्यापार संरक्षणवादी उपायको घरेलु र अन्तर्राष्ट्रिय स्तरमा व्यापक विरोध भएको छ । ह्वाइट हाउसले १० प्रतिशत कर हालको कर बाहेक चीनबाट हुने सबै आयातमा लागू गरिएको बताएको छ ।

कार्यकारी आदेशअनुसार संयुक्त राज्य अमेरिकाले मेक्सिको र क्यानडाबाट आउने सामानहरूमा पनि २५ प्रतिशत कर लगाएको छ । क्यानडाबाट आउने ऊर्जा उत्पादनहरूका लागि प्रशासनले १० प्रतिशत शुल्क लगाएको छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  १० : ४१ बजे