काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ सम्बन्धी प्रतिवेदन पेश भएको छ ।
राष्ट्रियसभा बैठक काठमाडौँ, २० माघः नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आइतबार बसेको राष्ट्रिय सभा बैठक ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश ग/] ।
बैठकले सभापति दाहालले प्रस्तुत विधेयकले आँखा स्वास्थ्य विद्यामा उच्च शिक्षा प्रदान गर्ने, गुणस्तरीय अध्ययन अनुसन्धान, प्रविधिको विकास र आँखा सम्बन्धी सेवा विस्तार गरी उच्चस्तरीय प्राज्ञिक केन्द्रका रुपमा सार्वजनिक विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्य लिएको बताP ।
यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले देशका विभिन्न भागमा भइरहेको महिला हिंसाका घटना, जाजरकोट भूकम्प पीडितलाई दोस्रो किस्ताको राहत वितरणमा भइरहेको ढिलाइ, अध्यादेश लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकमा सांसद सुमित्रा बि.सी.ले संविधानले दिएको अधिकार प्रयोग गरेर सरकारले अध्यादेश ल्याएको भन्दै त्यसमा शङ्का नगर्न आग्रह ग/] ।
उहाँले देशमा महिला हिंसा बढिरहेको तथा विराटनगर महानगरको पाँच नम्बर वडामा १४ वर्षीय बालिकाको हत्या भएको विषयमा सत्यतथ्य खोजी गर्न सरकारका ध्यानाकर्षण गराP ।
सांसद गोपी बहादुर सर्की अछामीले पछिल्लो सिमेन्टको मूल्य अत्यधिक बढेको भन्दै छिटो भन्दो छिटो सिमेन्टको मूल्य घटाउन पहल गर्न सरकारकालाई आग्रह ग/] ।
उहाँले कोसी प्रदेशमा हात्ती आतङ्कबाट धेरै जनधनको क्षति भएको भन्दै हात्तीको नियन्त्रण तथा उचित व्यवस्थापन गर्न र बाढीले क्षति पुर्याएको धुलिखेल सिन्धुली सडक खण्ड यस वर्षको वर्षा अगाडी नै निर्माण गरिसक्ने गरी काम गर्न सरकारलाई आग्रह ग/] ।
सांसद विष्णु कुमारी सापकोटाले सरकारले ल्याएको अध्यादेश समग्रमा राम्रो रहेको र केही सुधार गर्नुपर्ने विषयमा छलफल गरेर अगाडी बढ्नुपर्ने बताP ।
सांसद जयन्तीदेवी राईले अछाम जिल्लामा छाउ गोठमा बलात्कृत हुनुपर्ने, जनावरको टोकाइबाट मर्नुपर्ने, देशभर किशोरीहरूले प्रेमका नाम र बालेकै कारण मारिनुपर्ने तथा हिंसा खेप्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकारसँग माग ग/] ।
पूजा चौधरीले लोकसेवा आयोगको मधेश प्रदेशमा थारु कोटा हटाइएको विषयमा सरकारको ध्यानाकर्षण गराP ।
बामदेव गौतमले लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समृद्ध समाजवाद मुलुकको आवश्यकता भएपनि प्रतिपक्ष र सत्तापक्ष कसैको पनि ध्यान त्यसतर्फ जान नसकेको बताP ।
सांसदहरु पद्मबहादुर परियार, जगप्रसाद शर्मा, जगप्रसाद शर्मा लगायतका सांसदहरुले समसामयिक राजनीति, जनसरोकार, सुशासन, भ्रष्टाचार नियन्त्रण लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराP ।
सांसदहरुले सबै नागरिकसम्म स्वच्छ पिउने पानी पुर्याउनुपर्ने, जाजरकोट भूकम्पले क्षति पुर्याएकाहरुलाई दोस्रो किस्ता दिन ढिला गर्न नहुने, महिलाहरूको अवस्था सुधार र हिंसा न्युनिकरण गर्नुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराP ।
राष्ट्रिय सभाको अर्को बैठक माघ २४ गते बिहीबार दिनको १ः१५ बजे बस्नेछ ।





