२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कांग्रेसको अभिमुखीकरण कार्यक्रम सुरु, देउवाले गरे कार्यक्रमको उद्घाटन



पोखरा । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा पार्टीको प्रदेश सभापति तथा प्रशिक्षण विभाग प्रमुखका लागि सङ्गठन र समसामयिक सन्दर्भमा आयोजित अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गरेका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको व्यवस्थापनमा भएको कार्यक्रममा सातवटै प्रदेशका सभापति, प्रशिक्षण विभाग प्रमुख, पार्टीका केन्द्रीय पदाधिकारी एवं कास्कीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश समितिका पदाधिकारी सहभागी रहनुभएको गण्डकी प्रदेश प्रचार–प्रसार उपसमितिका उपप्रमुख शिरोमणि बरालले जानकारी दिए ।

प्रशिक्षण प्रतिष्ठानकै आयोजनामा २२ र २३ गते पोखरामा ७७ वटै जिल्लाका सभापति, ७७ वटै जिल्लाका प्रशिक्षण शाखा प्रमुख तथा उपसभापतिलाई राखेर प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम राखिएको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १२ : २३ बजे