काठमाडौं । बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन् । उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् ।
उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरुले स्वागत गरे ।
राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुने बताइएको छ । काठमाडौं आएपछि उनीहरू दुवैजना दिउँसो पौने ४ बजे दुवै जना राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्ने बताइएको छ ।





