काठमाडौं । आवासीय चिकित्सकले आजदेखि इमर्जेन्सीबाहेकका सेवा बहिष्कार गरेका छन् । न्यूनतम पारिश्रमिक असहमती जनाउदै चिकित्सकले आन्दोलन थालेका हुन् ।
स्वास्थ्य र शिक्षान्त्रीको तहबाट गरिएको निर्वाह भत्तासम्बन्धी सिफारिस खारेज गर्नुपर्ने, स्नातकोत्तर तहका इन्टर्न र आवासीय चिकित्सकहरूको न्यूनतम पारिश्रमिक सरकारीसरह हुनुपर्ने उनीहरूको माग छ ।
यस्तै, स्नातकोत्तर शिक्षा पूर्णमा निस्शुल्क र बोन्डरहित हुनेपर्ने, ड्युटी र बिदाबारे वैज्ञानिक व्यवस्था गर्न कार्यविधि बन्नुपर्ने र यसअघि सरकारसँग भएका सहमति कार्यान्वयन हुनुपर्ने पनि माग पनि छन् ।
यही माघ १४ गते स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीको बैठकले निजी मेडिकल कलेजमा स्नातकोत्तर अध्ययन गर्ने आवासीय चिकित्सकको निर्वाह भत्ताबारे सिफारिस गर्ने निर्णय गरेको थियो । निर्णयमा पारिश्रमिक कम्तीमा पहिलो वर्ष २५ हजार, दोस्रो वर्ष ३० हजार र तेस्रो वर्ष ३५ हजार उपलब्ध गराउनुपर्ने उल्लेख छ ।





