काठमाडौं । जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने भएको छ । संसदीय दलको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जनता समाजवादी नेपालसहितको समर्थनमा सरकारले ल्याएका अध्यादेश संसद्बाट पारित हुने बताएका छन् ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बिहीबारको बैठकमा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी छ ।
संसदीय दलको बैठकअघि कांग्रेसका नेताहरूले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग गरेको भेटवार्तामा भएको छलफलमा अध्यादेशबारे उपेन्द्र यादब सँग छलफल भएको थियो ।





