९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुमनाले सुन्य समयमा भनिन्– बोल्न दे सरकार अभियानलाई सम्बोधन गर



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रणसम्बन्धी विधेयकमा युवाहरूको आवाज सुन्न आग्रह गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समया सांसद श्रेष्ठले विधेयकको विरोधस्वरूप समाजिक सञ्जालमा युवाहरूले चलाएको बोल्न दे सरकारु अभियानलाई सम्बोधन गर्न आग्रह गरेकी हुन् ।
‘हिजोबाट सामाजिक सञ्जालमा प्रोटेस्ट सुरु भएको छ । सरकारले दर्ता गरेको सामाजिक सञ्जाल विधेयकबारे आवाज सुरु भएको छ,’ बैठकमा उनले भनिन्, ‘यो आवाजलाई सरकारले सुन्छ ? यो आवाज उठाउँदै गर्दा सरकारको ध्यानाकर्षण गराउँछु ।’

“यस विधेयकप्रति युवाहरूले गरेको विरोधको सम्बोधन गर्नुस्, युवाहरूको आवाज सबैले बोक्नैपर्छ, सुन्नैपर्छ,” उनले भनिन् ।

सरोकारवालासँग छलफल नगरेरै विधेयक ल्याइएको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १ : ५९ बजे