९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो



काठमाडौँ । शुक्रबार स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ६८ हजार १०० रुपैयाँ कायम छ । बिहीबार (हिजो)a छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १२ : १५ बजे