७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

अध्यादेशबाट शासन गर्न खोज्नु गलत : नेता श्रेष्ठ



तानसेन । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यादेशबाट शासन गर्न खोज्नु गलत भएको बताएका छन् । प्रेस सेन्टर नेपाल पाल्पाले शनिबार तानसेनमा गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सदन नबसेका कारणले देशमा तत्काल देखा परेको समस्या समाधान गर्न अध्यादेश ल्याउने संसदीय अभ्यास भए पनि सरकारले त्यसलाई कुल्चेको आरोप लगाए ।
उनले भने, ‘‘सदन नसबेको बेलामा देशमा देखिएको विशिष्ट समस्या तत्कालै समाधान गर्न अध्यादेश ल्याउने संसदीय परम्परा हो, तर देशमा अहिले त्यस्तो परिस्थिति नभएको बेलामा अध्यादेश ल्याउनु देश र जनताको हितविरुद्ध छ ।’’

सामान्य अवस्थामा पनि अध्यादेश ल्याएकाले माओवादीलगायतका प्रतिपक्षी दलहरूले त्यसको विरोध गरेको श्रेष्ठले बताए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १२ : १७ बजे