७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

जसपा नेपालको केन्द्रीय समिति बैठक सर्‍यो 



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक फागुनको अन्तिमतिर बस्ने भएको छ ।
यसअघिको समय परिवर्तन गरी फागुन १८, १९ र २० गते काठमाडौंमा बस्नेगरी पार्टीको केन्द्रीय समितिको बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

बैठकमा भदौदेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’को समीक्षा हुनेछ ।

वर्तमान राजनीतिक परिस्थिति र पार्टीको संगठनात्मक कार्ययोजनालगायत एजेन्डामा बैठक केन्द्रित हुने बस्नेतले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  १० : २१ बजे