भक्तपुर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधान संशोधनका सन्दर्भमा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने बताएका छन् । जिपी कोइराला प्रतिष्ठानले ‘राजनीतिका शिखरपुरुष गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ शीर्षकमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले संविधान संशोधनमा साझा दृष्टिकोण बनाउनुपर्ने बताए ।
उनले भने, “नेपाली कांग्रेस, नेकपा ९एमाले० सँगै नेकपा माओवादी केन्द्र, मधेशकेन्द्रित दलसहित सरोकारवालासँग कुरा गरेर साझा दृष्टिकोण बनाएर मात्रै अघि बढ्नु पर्छ । निर्वाचन प्रणालीलाई संशोधन गर्नु पर्छ । १६५ सिट प्रत्यक्ष राखेर त्यसमै सबैको समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गरिनु पर्छ ।” उनले भूमिसम्बन्धी विधेयक, प्रहरीसम्बन्धी विधेयक र सामाजिक सञ्जालसम्बन्धी विधेयक जस्ताको तस्तै पारित गर्न नहुने बताए । उनले भने, “यी विधेयकमा प्रश्न उठेका छन् । त्यसैले अभिव्यक्ति स्वतन्त्रताविरुद्ध जानुहुँदैन ।” उहाँले संसद् पुनस्र्थापनादेखि नेपाललाई शान्ति प्रक्रियामा अघि बढाउनका लागि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताए ।
कांग्रेस नेतृ एवं प्रतिष्ठानका अध्यक्ष सुजाता कोइरालाले पूर्वप्रधानमन्त्री कोइरालाले कांग्रेसलाई साङ्गठनिक सुदृढीकरणमार्फत अघि बढाएको बताए ।





