७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय



काठमाडौं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरे ।

मन्त्रिपरिषद बैठकले तीन जान सचिव र १७ जना सहसचिवको सरुवागरेको छ ।

राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

यस्तै अर्थ सचिव डा‍।रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । अख्तियारका सचिव घनश्याम उपाध्यायलाई अर्थ सचिवको जिम्मेवारी दिइएको छ ।

बैठकले लुम्बिनी प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव बाबुराम अधिकारीलाई सचिवमा बढुवा गरेर सोही प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरेको छ ।

बैठकले सजाय, माफी, मुलतवी, परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि, २०७१ खारेज गरेको छ भने बीमा नियमावली, २०८१ स्वीकृत गरेको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ६ : ३१ बजे