९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सुनको मूल्य तोलाको १ लाख ७० हजार नाघ्यो



काठमाडौं । स्थानीय बजारमा फागुन २० सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार २०० रुपैयाँ कायम छ । बिहीबार ९फागुन १० छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ११ : ५४ बजे